जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • तीन विकास बैंक र चार फाइनान्समाथि कारबाही, सञ्चालक र सीईओलाई सचेत गराइयो

तीन विकास बैंक र चार फाइनान्समाथि कारबाही, सञ्चालक र सीईओलाई सचेत गराइयो

नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)माथि कारबाही गरेको छ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामकीय व्यवस्था मिचेकोमा ती बैंक तथा फाइनान्सका सञ्चालक र सीईओमाथि कारबाही गरेको हो। कारबाहीमा पर्ने विकास बैंकहरुमा सिन्धु, साल्पा र मितेरी छन् भने फाइनान्स कम्पनीमा जानकी, गोर्खाज र प्रोग्रेसिभ छन्। यी वित्तीय संस्थाहरुका सञ्चालक र सीईओलाई प्रथम पटक सचेत गराइएको छ।

यसैगरी रिलायन्स फाइनान्सलाई भने अनिवार्य नगद मौज्दात नपुग भएकोले नगद ११ हजार २२७.६५ रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

1560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका