साताको दोश्रो कारोबार दिन सोमबार पनि पहेलो धातु सुनको मूल्य हाल सम्मै उच्च भएको छ । यो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर हाल सम्मै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो कारोबार दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा २० रुपैयाले बढेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४१ हजार ९७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय ९६ रुपैयाँ कायम भएकोछ । अघिल्लो कारोबारमा प्रति १० ग्राम सुनको मूल्य १ लाख ४१ हजार ४६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय ७९ रुपैयाँ कायम थियो ।