जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेशनल लाईफको नयाँ शाखा कोहलपुरमा

नेशनल लाईफको नयाँ शाखा कोहलपुरमा

नेशनल लाईफ इन्स्योरेन्सले कोहलपुरमा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जि¬वी चापागाईले गरे । साथै सो अवसरमा कम्पनीले नयाँ बीमा योजना (अमृत नामक अग्रिम भुक्तानी /आजीवन बीमा लेखको)सार्वजानिक गरेको छ । नयाँ बीमा योजनाको उद्घाटन पनि अध्यक्षबाट गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमा प्रति आम नागरिकको विश्वास बढ्दै गईरहेको,नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनताले बीमा गरेको जानकारी गराए । साथै,अब बीमा गाउँ केन्द्रित हुन आवश्यक रहेको कुरा समेत उल्लेख गरे ।

उनले भने “देशको आर्थिक विकासका लागि छरिएर रहेको पूँजीको एकिकृत गरी बीमा मार्फत सहि ठाउँमा प्रयोग भइरहेको छ ।“ विगतमा बीमा भुक्तानीमा केहि समस्या आईरहेको भएपनि अब बीमाबाट पाउनुपर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने अवस्था सिर्जना भएको र नेपालका सबै स्थानिय सरकारसँग सहकार्य गरी निर्जीवन बिमा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको कुरा स्पष्ट पारे ।

विशेष गरी नेपाल कृषिप्रधान मुलुक भएकाले पछिल्लो समय कृषि बिमालाई प्राथमिकता दिनुपर्ने भन्दै आधुनिक कृषिको विकासका लागि नेपालका बिमा कम्पनीहरुले कृषि बीमामा जोड दिनुपर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकिकरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पु¥याउन आवश्यक रहेको विचार व्यक्त गरे । बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीमा २ अर्ब रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था भएकोमा कम्पनीको हाल ३ अर्व भन्दा बढी चुक्ता पूँजी रहेको र केही समय भित्र बाँकेको नेपाल गञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रममाबोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघका ७ सय ५५ जना सदस्यहरुलाई वार्षिक एक सयका दरले बीमा कार्यक्रम सुरुवात गरिएको र सबै व्यक्ति र क्षेत्रमा बीमा गर्न आवश्यक रहेको बताए ।

7880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका