जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भेरी अञ्चल अस्पताललाई तीन लाख सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भेरी अञ्चल अस्पताललाई तीन लाख सहयोग

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश ५, नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई तीन लाखको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोगलेे भेरी अञ्चल अस्पताललाइ ७२ शैयाको काेभिड अस्पताल बनाउन सहयोग पुग्ने साथै काेभिडका लक्षण देखिएका बिरामीहरुको उपचारमा सहयोग पुग्नेछ ।

उक्त अस्पतालको उद्घाटन कार्यक्रममा बैंकको तर्फबाट सांगि्रला डेभलपमेन्ट बैंक नेपालगन्जका कलस्टर प्रमुख जयन्द्र खडकाले भेरी अञ्चल अस्पतालका प्रमुख श्याम सुन्दर यादवलाई चेक हस्तान्तरण गरे ।
उक्त उदघाटन कार्यक्रममा प्रदेश. ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल तथा भेरी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालको उपस्थिति रहेको थियो ।

9120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्