जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • चार वर्ष पुरानो लाभांश लिन ग्लोबल आइएमई बैंकको अनुरोध

चार वर्ष पुरानो लाभांश लिन ग्लोबल आइएमई बैंकको अनुरोध

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई चार वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । विभिन्न आर्थिक वर्ष २०६६/६७ देखि २०७०/७१ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले नलिएकाले कम्पनीले ती शेयरधनीलाई लिन अनुरोध गरेको हो ।

नगद लाभांश लिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्सालमा सम्पर्क राखी लिन सक्नेछन् । यो सूचना प्रकाशित गरेको (आजको) मितिले एक महीना अर्थात् मंसिर १७ गतेसम्म नगद लाभांश बुझी नलिएमा सो लाभांश रकम कम्पनी ऐनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी दिएको छ ।

साथै आव २०७३/७४, २०७५/७६ र आव २०७६/७७ को नगद लाभांश खातामा रकमान्तरण भई नसकेका शेयरधनीहरूले सम्बन्धित निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्नुपर्नेछ । साथै भौतिक रूपमा रहेका शेयरधनीहरूले यथाशीघ्र अभौतिकीकरण गर्नसमेत कम्पनीले जानकारी दिएको छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

2200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका