जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • दिल्लीबाट काठमाडौं आएको भिस्तारा जहाजमा बम राखेको हल्लापछि सर्च गर्दै नेपाली सेना

दिल्लीबाट काठमाडौं आएको भिस्तारा जहाजमा बम राखेको हल्लापछि सर्च गर्दै नेपाली सेना

भारतको नयाँ दिल्लीबाट काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्तारा एवरवेजको जहाजमा बम राखेको सूचना आएपछि नेपाली सेनाले बम खोजि गरिरहेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलाा आज अपराह्न साढे ४ बजेतिर भिस्तारा एयरवेजको जहाजले अवतरण गरेको थियो । सो सूचना दिल्लीबाटै नागरिक उड्यन प्राधिकरणलाई प्राप्त भएको थियो ।

सूचना पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली विमानस्थलमा पुगेर सर्च गरिरहेको नेपाली सेनाले जनाएको छ ।

केही दिनदेखि भारतका विमानस्थलमा बम छ भन्दै गलत सूचना प्रवाह गरिरहेका छन् । जसले गर्दा भारतमा हवाइ यात्रा गर्ने नागरिकहरु त्रशित बन्दै गएका छन् ।

1525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका