जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • प्रेस यूनियनको अध्यक्षमा शिव र अनिता बीच रोचक भिडन्त, बरिष्ठ उपाध्यक्षमा अधिकारी र केसी, उपाध्यक्षमा भण्डारी र अर्याल महासचिवमा पौडेल र दुलाल बीच कडा प्रतिस्पर्धा !

प्रेस यूनियनको अध्यक्षमा शिव र अनिता बीच रोचक भिडन्त, बरिष्ठ उपाध्यक्षमा अधिकारी र केसी, उपाध्यक्षमा भण्डारी र अर्याल  महासचिवमा पौडेल र दुलाल बीच कडा प्रतिस्पर्धा  !

नेपाल प्रेस यूनियनको ९ औं महाधिवेशन भोलीबाट हेटौडामा शुरु हुँदैछ । नेपाल प्रेस यूनियनको अध्यक्षमा शिव र अनिता बीच रोचक भिडन्त, बरिष्ठ उपाध्यक्षमा अधिकारी र केसी, उपाध्यक्षमा भण्डारी र अर्याल महासचिवमा पौडेल र दुलाल बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेससंग आवद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस यूनियनमा संस्थापन पक्षबाट अनिता विन्दु अध्यक्ष, सरोज अधिकारी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा छायाचन्द्र भण्डारी र महासचिवमा जगन्नाथ दुलाल, कोषाध्यक्षमा माधव धितालले उम्मेदवारी दिने संस्थापन पक्षले निर्णय गरेको भेटिएको छ । यता शेखर कोइराला पक्षबाट अध्यक्षमा शिव लम्साल, बरिष्ठ उपाध्यक्षमा प्रेम केसी, महासचिव दिलीप पौडेल,  उपाध्यक्ष नकूल अर्याल बीचलाई मैदानमा पठाउने भएको छ भन्दा फरक पर्दैन । करिब १६ सय महाधिवेशन प्रतिनिधी रहेको प्रेस यूनियनले केही दिन भित्रै नयाँ नेतृत्व चुन्ने देखिन्छ ।

रातारात देउवा (संस्थापन समूह) प्रवेश गरि अध्यक्ष पद टिकट लिएकी अनिता विन्दू र गत प्रेस यूनियनको ८ औं महाधिवेशनमा झिनो मतले पराजीत यूवा पत्रकार शिव लम्साल बीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । टिकटको लोभले संस्थापन पक्ष पुगेको सरोज अधिकारी, माधव धिताल, जगन्नाथ दुलाल र शेखर कोइराला (समूह)कै बलिया र चर्चित उम्मेदवार प्रेम केसी, नकूल अर्याल, दिलीप पौडेल बीच पनि रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

यता संस्थापन पक्षबाट केन्द्रीय उपाध्यक्षमा टिकट पाएका चर्चित पत्रकार छायाचन्द्र भण्डारीले जित्ने प्राय निश्चित देखिन्छ । भण्डारी विगत २ दर्शक देखि पत्रकारितामा सकृय छन् । सचेत भया ।

 

5460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका