जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • ‍माछापुच्छ्रे क्यापिटलको साधारण सभा सम्पन्न

‍माछापुच्छ्रे क्यापिटलको साधारण सभा सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएकाे छ ।

साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरू पारित भएका छन् ।

सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्याैपानले हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ आश्विन १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरी मिति असाेज २१ गते योजनासमेत दर्ता गरी स्वीकृतिको प्रक्रियामा रहेको जानकारी गराए ।

यसका साथै उनले कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढी टेवा पुग्नेगरी काम गर्ने विश्वास व्यक्त गरे ।

2550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका