जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बैंकिङ कसुर र ठगी मुद्दाका फरार अभियुक्तहरू पक्राउ

बैंकिङ कसुर र ठगी मुद्दाका फरार अभियुक्तहरू पक्राउ

काठमाडौं प्रहरीले करिब ३९ लाख ५० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर, चेक अनादर र ठगी मुद्दाका फरार तीन अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार फरार अभियुक्तहरूलाई असार ३० गते विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका अभियुक्तहरूमा मुना खातुन श्रेष्ठ (४५ वर्ष) रहेकी छन् । जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१०, भंगाल बस्ने श्रेष्ठलाई रु. १६ लाख बराबरको बैंकिङ कसुर मुद्दामा ललितपुरको ठेचोबाट पक्राउ गरिएको हो ।

यस्तै मोहमद अलि (३८ वर्ष) भारत, कोलकत्ता रोड नं. २ स्थायी घर भइ हाल काठमाडौं, बुढानिलकण्ठ नगरपालिका, कपन बसोबास गर्ने अलिलाई रु. ११ लाख बराबरको ठगी मुद्दामा सोही स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै अर्जुन थापा (६५ वर्ष) – जिल्ला सर्लाही, ईश्वरापुर नगरपालिका–९ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका–९, बत्तीसपुतली बस्ने थापालाई रु. १२ लाख ५० हजार बराबरको बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा पक्राउ गरिएको हो।

पक्राउ परेका तीनै अभियुक्तहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए ।

1325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका