जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अर्थमन्त्री पौडेलले तीन सचिवसँग गरे कार्य सम्पादन करार सम्झौता

अर्थमन्त्री पौडेलले तीन सचिवसँग गरे कार्य सम्पादन करार सम्झौता

अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता गरेका छन्। अर्थमन्त्री पौडेलले आइतबार अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन्।

सम्झौतामा चालु आर्थिक वर्षमा गरिने काम र तिनको समयसीमा उल्लेख छ। अर्थमन्त्री पौडेलले सचिवहरुले सम्झौता बमोजिम काम गरेर लक्ष्य प्राप्ति गर्ने विश्वास व्यक्त गरे।

अर्थमन्त्री विष्णु पौडेल मन्त्रालयका सचिवहरुसँग कार्य सम्पादन करार सम्झौता गर्दै
अर्थसचिव डा. घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामजस्य कायम गरी सम्झौतामा उल्लेखित कृयाकलाप कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

2615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका