जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • व्यवसायी मल्होत्राले २२५० थान अक्सिजन सिलिण्डर सरकारी अस्पताललाई निःशुल्क दिने

व्यवसायी मल्होत्राले २२५० थान अक्सिजन सिलिण्डर सरकारी अस्पताललाई निःशुल्क दिने

व्यवसायी दिपक मल्होत्राले चीनबाट २२५० थान अक्सिजनको सिलिण्डर ल्याउने भएका छन् । अक्सिजन र सिलिण्डरको अभावका कारण कोरोना महामारीबाट संक्रमितहरु मृत्युसम्म पुग्नु परिरहेको अवस्थामा उनले सिलिण्डर ल्याएर वितरण गर्न लागेका हुन् ।

‘शुक्रबारसम्मा चीनबाट २२५० थान अक्सिजन सिलिण्डर आइपुग्छ,’ मल्होत्राले क्लिकमाण्डूसँग भने, ‘यसरी ल्याइएको सिलिण्डर नेपाल चेम्बर अफ कमर्शमार्फत् सरकारी अस्पताललाई कम्तिमा ५०० थान निःशुल्क दिन्छौं ।’

मल्होत्राको डीएम फाउण्डेशनले उक्त सिलिण्डर ल्याउन लागेको हो । फाउण्डेशनले केही चेम्बरलाई निःशुल्क दिने र केही लागत खर्चमा किनेर सरकारी अस्पतालहरुलाई निःशुल्क सिलिण्डर उपलब्ध गराउने छ । मल्होत्रा चेम्बरका उपाध्यक्ष पनि हुन् ।

7680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?