जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • बढी कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरूङलाई सरकारको सम्मान

बढी कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरूङलाई सरकारको सम्मान

वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपरमार्केटलाई कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले सम्मान गरेको भाटभटेनी सुपरमार्केटका सीओओ पानु पौडेलले जानकारी दिए ।

कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कार्यक्रममा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् । अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरूङ अग्रपंक्तिमा थिए ।

चार दशकअघि काठमाडौंबाट सुरु भएको भाटभटेनीको शाखा सञ्जाल देशका प्रमुख सहरहरुमा रहेको छ । अहिलेसम्म यो सुपर मार्केटको नेपालरि १८ वटा शाखा रहेका छन् ।

काठमाडौं उपत्यकामा टंगाल, महाराजगञ्ज, टोखा, कोटेश्वर, चुच्चेपाटी, अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वर, कृष्णगल्ली, सातदोबाटो, सानागाउँ र थिमिमा भाटभटेनीका शाखा सञ्चालनमा छन् ।

त्यस्तै काठमाडौं बाहिर पोखरा, धरान, इटहरी, विराटनगर, जनकपुर, हेटौंडा, वीरगञ्ज, धनगढी, नेपालगञ्ज, बुटवल, भैरहवा, दमक र बिर्तामोडमा चलिरहेका छन् । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनीमा हाल ५ सयभन्दा बढीले पूर्णकालीन प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका