जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आज नेपाली क्रिकेटको ऐतिहासिक ‘फाइनल’ खेल हुँदै

आज नेपाली क्रिकेटको ऐतिहासिक ‘फाइनल’ खेल हुँदै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज बिहिबार नेपालले युएइसँग अन्तिम खेल खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान ९:३० किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने छ ।

यो लिग कै अन्तिम खेल हो । यो खेल नेपालको लागि सबैभन्दा महत्वपूर्ण छ ।  यो खेल जितेमा नेपालले  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ। आजको खेलको लागि समर्थकहरु राति देखि नै टियु क्रिकेट मैदान पुगिसकेका छन् । आज नेपाललाई समर्थन गर्न काठमाडौँ बाहिरका समर्थकहरुपनि ठूलो संख्यामा काठमाडौँ आएका छन् । बाजागाजा सहित समर्थक टियु मैदान पुग्ने छन् भने लोकदोहोरीको टिम पनि मैदनामा जाने छ ।

हाल अंक तालिकामा नेपाल ३८ अंक सहित चौथो स्थानमा छ। नेपालले युएई विरुद्दको खेल पनि जिते नेपालको ३६ खेलबाट ४० अंक हुने छ । ४० अंक हुँदा नेपाल अंक तलिकामा नामिबियालाई पछाडी पार्दै तेस्रो स्थानमा उक्लने छ । युएईलाई पराजित गर्दै नेपालले अंक तालिकामा तेस्रो स्थान हाँसिल गरेमा नेपालले  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ। एक दिवसीय विश्वकप ग्लोबल छनौट जिम्बाबमा हुने छ।  विश्वकप ग्लोबल छनौटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् ।

तर वर्षाको कारण अंक बराबर गर्नु पर्ने बाध्यता आयो भने नेपाल र नामिबियाको समान ३९ अंक हुनेछ र राम्रो रन रेट भएकोले नेपाल भन्दा मथि रही नामिबिया सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ।

नेपालले युएईसंगको यो अन्तिम खेल नजिते पनि नेपालले एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने सम्भावना कायम नै रहने छ। तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनौट खेल्नु पर्छ र ति ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनौट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ।

1670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?