जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • गभर्नरलाई अर्थमन्त्री महतले भने- कुनै पूर्वाग्रह नराखी सँगसँगै काम गरौं

गभर्नरलाई अर्थमन्त्री महतले भने- कुनै पूर्वाग्रह नराखी सँगसँगै काम गरौं

नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले व्यवसायीक वातावरण सुधार गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग कुनै पूर्वाग्रह नराखि काम गर्ने बताएका छन् ।

पदबाहाली कार्यक्रमपछि मन्त्रालय र मातहतका कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री महतले अहिले ब्याजदर बढी भएकाले व्यवसायको लागत बढेको गुनासो व्यवसायीले गरिरहेकाले उक्त समस्या समाधानको पहल गर्नु पर्ने बताए ।

‘तपाईंहरू सबैसँग कुनै पूर्वाग्रह नराखि सँगसँगै काम गरौं भन्ने आग्रह छ’ महतले भने, ‘अहिले हामीले व्यक्तिगत लाभ र हानीभन्दा माथि उठ्दै राष्ट्र हितलाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेछ ।’

अहिले अर्थतन्त्र समस्यामा रहेकोभन्दै आम नागरिक, उद्योगी व्यवसायी सबैको मनोबल बढाउने गरि काम गर्नु पर्ने महतले बताए ।

‘लगानी घटेको छ । लागत बढेको छ । राजस्वले साधारण खर्च धान्न सकेको छैन। साधारण खर्च गर्न पनि आन्तरिक ॠण लिनु परेको छ । जुन सुखद् होइन’ महतले भने,’अहिले बाह्य परिवेश पनि राम्रो छैन । देशले कोरोना महामारी भोग्यो, भूकम्प पनि भोग्यो । तर, हामीलाई यो पक्ष त्यो भन्ने छुट छैन । मलाई नजिता चाहिन्छ । हामी सबै मिलेर काम गर्नुपर्नेछ ।’

अर्थमन्त्री महतले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई मिलेर काम गर्न आग्रह गरे लगत्तै गभर्नर अधिकारीसँग बैठक गरेका छन् ।

महतले अर्थ सचिव र राजस्व सचिवलाई सँगै राख्दै गभर्नर अधिकारीसँग पछिल्लो आर्थिक अवस्थाका विषयमा छलफल गरेका छन् ।

पदबाहलीपछि सम्बोधनका क्रममा मन्त्री महतले वर्तमान आर्थिक अवस्था ठिक नरहेको बताएका थिए ।

1225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?