

मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई सुविधा दिन जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टरसँग सम्झौता गरेको छ। बैंकले विभिन्न औषधि र स्वास्थ सम्बन्धी सेवाहरु (फिजियोथेरापी,ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा, आयुर्वेदिक चिकित्सा र अन्य) खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरि व्यावसायिक सम्झौता गरेको हो।यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकले ती संस्थाका विभिन्न औषधि र स्वास्थ्य सम्बन्धी प्रोडक्ट खरिदमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले विकास बैंकले प्रवर्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष यहि मंसिर महिनाभित्र सार्वजनिक निष्काशनमार्फत इकाईहरु बिक्रीमा ल्याउने भएको छ।यस कोषको प्रवर्धनमा मुक्तिनाथ विकास बैंक छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल छ।