जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बीमा जालसाजी अभियोगमा सुर्यज्योति लाइफका सिईओ प्रकाश बिक्रम खत्रीसँग नेपाल बीमा प्राधिकरणले लियो बयान

बीमा जालसाजी अभियोगमा सुर्यज्योति लाइफका सिईओ प्रकाश बिक्रम खत्रीसँग नेपाल बीमा प्राधिकरणले लियो बयान

बीमा कम्पनीको रकम दुरुपयोग र बीमा जालसाजी अभियोग लागेको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्री आज नियामक नेपाल बीमा प्राधिकरणमा पुगेर बयान दिएका छन् ।

नेपाल बीमा प्राधिकरणका प्रबक्ता राजुरमण पौडेलले आज अपरान्ह सुर्यज्योति लाइफका सिईओसँग स्पष्टिकरण लिइएको पुष्टि गरेका छन् । प्राधिकरण स्रोतका अनुसार सिईओ खत्रीसँग करिब एक घण्टा बयान लिइएको थियो । सो क्रममा खत्रीले चित्त बुझ्दो जवाफ दिन सकेनन् । बयान तथा सोधपुछको क्रममा सिईओ खत्रीले आफ्नो कम्पनीबाट गल्ती भएको स्वीकार समेत गरेका छन् ।

सिईओ खत्रीले बयानको क्रममा गैर जिम्मेवार जवाफ समेत दिएका छन् । उनले सुर्या लाइफबाट भएको गल्ती कमजोरीमा आफू दोषी नहुने भन्दै पन्छिन खोजेका थिए । बीमाको व्यवसाय बढेको देखाउन बीमा अभिकर्ताको खातामा ऋण जारी गरेर ऋणीका आमा बाबुको बीमा गराएका थिए भने नौ लाख रुपैयाँ आफ्नै कम्पनीको शाखा प्रमुखको खातामा जम्मा गरेर ठगिएको थियो ।

सो काण्डमा दोखलाका २२ बर्षिया श्रेष्ठ थरका पीडित युवाले बीमा ऐनको दफा १०१ बमोजिमको बीमा जालसाजीमा छानविन हुनुपर्ने मागसहित उजुरी दिएका थिए । उजुरीको सम्बन्धमा प्राधिकरणले ७ दिने पत्र काटेको थियो । पत्रको जवाफ दिनु अघि नै सिईओ खत्रीसँग आज बयान लिइएको हो ।

अनैतिक तरिकाले बीमा व्यवसाय बृद्धि भएको देखाउन जबरजस्ती बीमा गराउने धन्दा चलाएको खत्री नै सिईओ रहेको ज्योति लाइफमा पनि यस्ता दर्जनौं काण्डहरु रहेको बताइन्छ । यसअघि घिमिरे थरका बीमितले तत्कालिन ज्योति लाइफले झुक्याएर बीमा गरेको र ज्योति लाइफकै कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै लिखित उजुरी बीमा प्राधिकरणमा गत वर्ष नै दर्ता गराएका थिए ।

2835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका