जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • मनकामना केबुलबार २७औं वर्षमा

मनकामना केबुलबार २७औं वर्षमा

मनकामना केबुलकार २७औं वर्षमा प्रवेश गरेको छ। केबलकारले सुरुवाती वर्षमा वार्षिक १० लाख यात्रुलाई सेवा दिएकामा अहिले त्यो संख्या १२ लाख पुगेको छ।

यो वर्ष साढे १३ लाख यात्रुलाई सेवा दिने लक्ष्य रहेको कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले बताए। उनले यात्रुलाई स्तरीय सेवा दिन कम्पनी प्रतिबद्ध रहेको बताए।

२६ वर्षदेखि एनलग प्रविधिमा सञ्चालित केबुलकारलाई अहिले अत्याधुनिक डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको छ।

कम्पनीले मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण गरिरहेको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको छ श्रेष्ठले बताए। उनका अनुसार रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ।

1365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका