होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, पुस १९, २०८१
शुक्रबार, पुस १९, २०८१
  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १४ लाख बीमा दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १४ लाख बीमा दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्सको तम्घास शाखाले मृतक रामु खत्रीको मृत्यु दाबी अन्तर्गत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ। गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ६ लाटा निवासी खत्रीको वैदेशिक रोजगारीका क्रममा असामयिक निधन भएपछि कम्पनीले उनको परिवारलाई सहज रूपमा आर्थिक सहयोग उपलब्ध गराएको हो।

कम्पनीका प्रतिनिधिहरू मृतकको घरमै पुगेर उनका बुवा टेक बहादुर खत्रीलाई दाबी रकम हस्तान्तरण गरे। भुक्तानी प्राप्त गर्दै टेक बहादुरले भने, “छोराको असमयिक निधनले गहिरो दुःख भए पनि कम्पनीले छिटो र सहज रूपमा दाबी रकम उपलब्ध गराउँदा ठूलो राहत मिलेको छ। बीमा सबैका लागि आवश्यक भएकाले सबैले यसको महत्त्व बुझ्नुपर्छ।”

मृतककी आमा पम्फी खत्रीले पनि दुःखको समयमा सहज रूपमा भुक्तानी उपलब्ध गराएकोमा सिटिजन लाइफ इन्स्योरेन्सलाई धन्यवाद व्यक्त गर्दै बीमाको महत्त्वबारे जनचेतना बढाउन आग्रह गरिन्।

तम्घास शाखा प्रमुख शर्मिला पन्थले बीमाले आर्थिक जोखिम कम गर्नका साथै बचत गर्न समेत सहयोग पुग्ने भएकाले यसको आवश्यकता अनिवार्य रहेको बताइन्। उनले भनिन्, “बीमा गर्दा भविष्यका अनिश्चितताबाट जोगिन सकिन्छ। अस्पतालमा उपचारका लागि आवश्यक रकम अभावमा घरमै बस्नुपर्ने अवस्थाबाट बच्न पनि जीवन बीमा अति आवश्यक छ।”

दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा तम्घास शाखाका प्रमुख पन्थसहित स्थानीय शिक्षक, बुद्धिजीवी, समाजसेवी, कम्पनीका अभिकर्ता, र स्थानीयवासीहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन तम्घास शाखाका अपरेसन इन्चार्ज सुभाष न्यौपानेले गरेका थिए।

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्वअनुसार बीमा दाबी सहज रूपमा प्रदान गर्न जोड दिएको छ। यो उदाहरणले बीमा सेवामा कम्पनीको प्रतिबद्धता पुनः प्रमाणित गरेको छ।

260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका