जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • शिखर इन्स्योरेन्सको अधिकांश सूचकमा सामान्य बृद्धि हुँदा नाफा १३ करोड ४८ लाखमाथि

शिखर इन्स्योरेन्सको अधिकांश सूचकमा सामान्य बृद्धि हुँदा नाफा १३ करोड ४८ लाखमाथि

शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीकाअधिकांश सूचकमा सामान्य बृद्धि भएको छ ।

२ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७५ करोड ७१ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोष १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार १ अर्ब ३६ करोड २० लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा बीमा कोषको आकार बृद्धि भएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ० दशमलव ८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष १३ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो १३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४५ करोड १८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क सामान्य प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १८ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी बढेको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६० पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २ सय १० रुपैयाँ ५९ पैसा रहेको छ ।

1335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका