जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • चैत महिनामा ऐतिहासिक रेमिटेन्स भित्रियो

चैत महिनामा ऐतिहासिक रेमिटेन्स भित्रियो

चैत महिनामा ऐतिहासिक रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैतमा मात्रै १ खर्ब ९ अर्ब विप्रेषण मुलुकमा आएको हो।चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको तथ्यांकअनुसार महिनैपच्छे औसत एक खर्ब रुपैयाँ रेमिट्यान्स आइरहेको छ। पछिल्लो नौ महिनामा ९ खर्ब ३ अर्ब रेमिटेन्स भित्रिएको छ।

विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स बढेको कारण शोधनान्तर पनि उल्लेख्य बचतमा गएको छ। तर, आयात भने बढेको छ। देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर शोधनान्तर हो। शोधनान्तर बचतमा हुँदा बाह्य क्षेत्र मजबुत बन्छ।

राष्ट्र बैंकले चैतसम्मको आर्थिक तथ्यांक सार्वजनिक गर्दै शोधनान्तर एक खर्ब ८० अर्ब १७ करोड रुपैयाँ बचतमा पुगेको जनाएको हो। भदौसम्म शोधनान्तर २३ अर्ब ६८ करोड रुपैयाँ घाटामा थियो। र पोहोर चैतमा पनि शोधनान्तर २ खर्ब ६८ अर्ब रुपैयाँ घाटामा थियो।

मासिक आयात पछिल्लो नौ महिनाकै उच्च छ। चैतमा मात्रै एक खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको हो। चालु आर्थिक वर्षमा औसत एक खर्ब ३३ अर्ब रुपैयाँको मासिक आयात हुने गरेको छ।

राष्ट्र बैंकका अनुसार चैतसम्म १२ खर्बको वस्तु आयात भएको हो। गत आर्थिक वर्षको अन्त्यसम्म १९ खर्ब २० अर्बको आयात भएको थियो। पोहोर चैतको तुलनामा ३२ प्रतिशत आयात बढेको राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्राको सञ्चितिमा पनि सुधार देखिएको छ। एक महिनामै सञ्चिति ३२ अर्ब ५२ करोड रुपैयाँले बढेर १४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। यो भनेको पछिल्लो दुई आर्थिक वर्षकै उच्च सञ्चिति हो। यो सञ्चितिले अब ११ महिनाको वस्तु र ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्छ। यसअघि घटेर ६.६ महिनासम्म झरिसकेको थियो।

चालु खाता घाटा बढेको छ। भदौमा ३७ अर्ब १८ करोड पुगेको घाटा चैतमा ५१ अर्ब ८२ करोडमा उक्लिएको छ। देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्रा बीचको अन्तर हो चालु खाता। बढी भित्रिए चालु खाता बचतमा हुन्छ, बढी बाहिरिए घाटा हुन्छ।

विदेशमा पुगेका नेपालीले घरमा पठआउने पैसा बढेको छ। यता परिवारका लागि महँगी पनि बढेको छ। मुलुकमा चैतमा महँगी दर बढेर ७.७६ प्रतिशत पुगेको छ। अघिल्लो महिना महँगी दर ७.४४ प्रतिशत थियो।

1025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका