होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
सोमवार, पुस २२, २०८१
सोमवार, पुस २२, २०८१
  • होमपेज
  • राजा ल्याउने उद्घोष गर्दै हिँडेका दुर्गा प्रसाईको समूहद्वारा राष्ट्र बैंकका उच्च अधिकारी र व्यवसायीलाई धम्काएको खुलासा !

राजा ल्याउने उद्घोष गर्दै हिँडेका दुर्गा प्रसाईको समूहद्वारा राष्ट्र बैंकका उच्च अधिकारी र व्यवसायीलाई धम्काएको खुलासा !

बैंकर वित्तिय संस्थाहरुबाट सर्वसाधारण जनताले लिएको कर्जा मिनाहा गराउने र राजा ल्याउने भन्दै चर्को नारा दिएर हिँडेका दुर्गा प्रसाई समूहले राष्ट्र बैंकका उच्च अधिकृत र व्यवसायीहरुलाई दुर्गा प्रसाईलाइ सहयोग गर्ने भन्दै भारतबाट धम्काउदै आएको खुलासा भएको छ भन्दा अब फरक पर्दैन । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अनुसन्धान अधिकृतका अनुसार, राष्ट्र बैंकका उच्च अधिकारीलाई पटकपटक फोन गर्दा सुरुमा उठेको थिएन । त्यसपछि सहयोगीहरुलाई समेत फोन गरेर धम्की दिइएको भेटिएको छ । भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा व्यवसायीलाई धम्क्याएर दुर्गा प्रसाईंका लागि चन्दा माग्ने गिरोहले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीलाई समेत पटकपटक फोन गरेको फेला परेको छ । भन्दा फरक पर्दैन ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अनुसन्धान अधिकृतका अनुसार, राष्ट्र बैंकका उच्च अधिकारीलाई पटकपटक फोन गर्दा सुरुमा उठेको थिएन । त्यसपछि सहयोगीहरुलाई समेत फोन गरेर धम्की दिइएको भेटिएको छ । ‘पछि ती अधिकारीसँग समेत कुराकानी गरेको देखिएको छ, उहाँहरूबाट समेत सूचना लिएर अनुसन्धान गरिरहेका छौं’, सीआईबीका एक अधिकृतले आर्थिक बजारन्यूज डटकमसंग भने । फोनमा राष्ट्र बैंकका अधिकारीहरूलाई प्रसाईंलाई सहयोग गर्न र कतिपयको ऋण मिनाहा गरिदिन दबाब दिइने गरेको अधिकृतहरुको दाबी छ । स्रोतका अनुसार, यसरी ती अधिकारीलाई दुई भारतीय नम्बरबाट फोन आउने गरेको थियो । त्यसरी फोन गर्ने झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई प्रहरीले हालै भारतको आसामबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर ल्याएपछि प्रधानले प्रारम्भिक सोधपुछमा प्रसाईंको निर्देशन अनुसार, बैंकका कर्मचारी, व्यवसायी लगायतलाई फोन गरेको बताएका छन् । फुयाँलले प्रसाईंको संलग्नता खुलाएसँगै सीआईबीले उनीमाथि मुलुकी अपराध संहिता अन्तरगतको आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान थालेको छ ।

जिल्ला अदालत, काठमाडौंले फुयाँललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ । फुयाँलले भारतीय सिमकार्डबाट नेपालमा विभिन्न व्यवसायी र पेशाकर्मीलाई ११३ पटक फोन गरेको प्रारम्भिक जाँचमा देखिएको छ भने उनको प्रसाईंसँग सम्पर्क र ह्वाट्स एपमार्फत कुराकानी भएको विवरण पनि प्रहरीले फेला पारिसकेको छ । ‘व्यवसायीलाई धम्की दिएका फुयाँलसँग जोडिने पर्याप्त आधारहरु फेला पारेरै प्रसाईंविरुद्ध आपराधिक लाभ लिएको कसुरमा अनुसन्धान थालेका हौं’, सीआईबीका ती अधिकृतले भने । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा पक्राउ परेका थिए । उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो । हाल प्रसाईं सर्वोच्च अदालतको आदेशपछि ललितपुरस्थित हरिसिद्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दुर्गा प्रसाईले व्यवसायी धम्क्याएको आरोप

प्रहरीले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि व्यवसायीलाई धम्की दिएर असुली गर्न खोजेको आरोपमा औपचारिक रुपमै अनुसन्धान थालेको छ । झापाको चारआलीका ३६ वर्षीया नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई भारतको आछामबाट पक्राउ गरेर ल्याएसँगै प्रसाईंमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान सुरु भएको हो । भारतबाट नेपालका विभिन्न व्यवसायीलाई फोन गरेर धम्की दिएका फुयाँलले प्रसाईंको निर्देशनमा त्यस्तो फोन गरेको स्वीकारेका छन् । उनको बयानका आधारमा प्रसाईंमाथि आपराधिक लाभ लिएको कसुरमा छानबिन थालिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दिपक थापाले पंक्तिकारसंग बताए ।

थापाका अनुसार, भारतमा रहेका बेला फुयाँलको प्रसाईंसँग नियमित सम्पर्क हुने गरेको समेत फेला परेको छ । उनले आर्थिक प्रलोभन देखाएर विभिन्न व्यवसायीलाई फोन गराएको देखिएको प्रारम्भिक जाँचमा देखिएको छ । प्रहरीलाई केही सातादेखि भारतीय जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोई समूहको सदस्य भएको भन्दै फोन गरेर रकम मागिराखिएको भन्दै सूचना आएको थियो । त्यसरी फोन गर्ने व्यक्तिले व्यवसायी दुर्गा प्रसाईंलाई उनको अभियानमा सहयोग गर्न समेत भनेका थिए ।
त्यसपछि प्रहरीले भारतीय प्रहरीसँग समेत समन्वय गरेर अनुसन्धान गरिरहेको थियो । भारतबाट पक्राउ परेपछि फुयाँलले पनि यसमा प्रसाईंको संलग्नता खुलाएको प्रहरी स्रोत बताउँछ । यद्यपि, हालसम्म उनीहरूले कति रकम त्यसरी उठाए भन्ने खुलिसकेको छैन ।

प्रहरीका अनुसार, हालसम्म चार जना व्यवसायीले प्रसाईंविरुद्ध उजुरी दिएका छन् । भारतबाट फुयाँलले विभिन्न व्यवसायी, पेशाकर्मी लगायतलाई ११३ पटक फोन गरेको कल डिटेल रेकर्ड (सीडीआर) बाट सीआईबीले फेला पारेको छ । ‘धेरैले प्रहरीलाई खबर नै गर्नुभएको छैन, खबर नगर्नेमध्ये केहीले उनीहरूलाई रकम दिएको हुनसक्ने अनुमान छ’, एक अनुसन्धान अधिकृतले भने । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा पक्राउ परेका थिए । भन्दा फरक पर्दैन । दुर्गा प्रसाइृले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो । फुयाँलको पक्राउसँगै अब आपराधिक लाभको कसुरमा पनि प्रहरीले जाँच थालेको देखिन्छ । सचेत भया ।

370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका