जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सानिमा रिलायन्स लाइफले गर्यो एक करोडको मृत्यु दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफले गर्यो एक करोडको मृत्यु दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एक करोड पाँच लाख पचास हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।

धनकुटा निवासी मृतक पूर्ण कुमार चौधरीको परिवारजनलाई इटहरीमा शनिबार आयोजित एक कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले चेक हस्तान्तरण गरेका हुन्। मृतक बीमितको हकवाला श्रीमति मिङ्ममा ल्हामु शेर्पा र छोरा आदित्य बिक्रम चौधरीको नाममा जारी गरिएको दाबी भुक्तानी रकमको चेक हस्तान्तरण गरिएको सानिमा रिलायन्स लाइफले जानकारी दिएको छ । इन्स्योरेन्सले दुबैजना हकवाला भएकाले दाबी रकमको पचास पचास प्रतिशतका दरले वितरण गरेको हो।

बीमित चौधरीको पिसाबमा संक्रमण देखा परेपछि उपचारका क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गत वर्ष माघ १८ गते ३५ वर्षको अल्पायुमै निधन भएको जानकारी दिइएको थियो।

पत्रकारिता पेशामा रहेका पत्रकार चौधरी धनकुटाको भेडेटार रेडियो स्टेशनको स्टेशन म्यानेजर थिए। उनको श्रीमती, ११ वर्षिय एक छोरा र ४ वर्षिया एक छोरी छन् ।

चेक हस्तान्तरण कार्यक्रममा सानिमा रिलायन्स लाइफका मुख्य व्यापार अधिकृतद्वय गुण राज श्रेष्ठ र सूर्य प्रकाश गुप्ता, स्थानीय अभिकर्ता र कर्मचारीको सहभागिता रहेको थियो।

990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?