जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकले बाँड्यो अपाङ्‍गता भएका व्याक्तिलाई सेतो छडी

महालक्ष्मी विकास बैंकले बाँड्यो अपाङ्‍गता भएका व्याक्तिलाई सेतो छडी

 अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले अपाङ्‍गता भएका व्याक्तिहरूलाई सेतो छडी वितरण गरेको छ ।

दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अपाङ्‍गता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्‍गता भएका तथा दृष्टिविहीनहरूलाई सहयोग गर्ने उद्देश्यले सेतो छडी लगायत उपकरण वितरण गरिएको हो । अपाङ्‍गता दिवसकै अवसरमा बैंकले दरबारमार्ग शाखालाई अपाङ्‍गता मैत्री शाखाको रूपमा विकास गर्न प्रयास गर्ने बताएको छ ।

अपाङ्‍गता भएका व्यक्तिलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रूपमा खटाइएको बैंकले जनाएको छ ।

बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’  सञ्चालनमा ल्याएको जनाएको छ ।

1690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका