जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • एन आई सी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने सुविधा

एन आई सी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने सुविधा

सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको iServe डिजिटल प्लेटफर्म (https://iserve.nicasiabank.com) मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नुहुनेछ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहक महानुभावहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा ल्याएको हो ।

बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप मार्फत iServe भित्र रहेको NIC ASIA MoBank_मा ट्याप गरी ‘Debit Card Replacement’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यसका लागि ग्राहक महानुभावले ‘Debit Card Replacement’ मा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहक महानुभावले प्राप्त गर्नुभएको OTP राखेर भेरिफिकेसन गर्नुपर्छ ।

सफलतापूर्वक भेरिफिकेसन भइसकेपछि ग्राहक महानुभावले कार्ड लिन जाने शाखा छनौट गरी बैंकको नियम एवं शर्तहरूलाई स्वीकार गर्ने र क्याप्चा भरेर अगाडीको प्रक्रियामा प्रवेश गर्नुपर्छ । आवेदन सफल भएपछि बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ र कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनौट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि ग्राहक महानुभावलाई जानकारी गराउँनेछ । यस अनलाईन सुविधाले ग्राहक महानुभावहरूलाई बैंकसम्म पुग्दा लाग्ने समयको बचत हुनुका साथै कोभिड–१९ महामारीको बेला भौतिक दुरी बनाइराख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई समेत सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।

Digital First को रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई NIC ASIA MoBank प्लाटफर्ममार्फत अघि बढाईरहेको छ ।

जसअनुसार ग्राहक महानुभावहरूले NIC ASIA MoBank प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि÷एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्नुहुनेछ । साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।

यस iServe मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र Stop Cheque Payment), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन र Insta Buy) ग्राहक महानुभावहरूले सरल तरिकाले लिन सक्नुहुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । करिब २७ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

4645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका