जोडिनुहोस
बुधबार, मंसिर २६, २०८१
बुधबार, मंसिर २६, २०८१
  • होमपेज
  • बीमा र बैंकिङ्ग क्षेत्रमा तीन दशक बिताएका गौतम बने युनाइटेड अजोडको सीइओ

बीमा र बैंकिङ्ग क्षेत्रमा तीन दशक बिताएका गौतम बने युनाइटेड अजोडको सीइओ

युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गरेको छ । कम्पनीको सीइओमा कमल गौतम नियुक्ति भएका हुन् । मंसिर १८ गते मंगलबार बसेको संचालक समितिको बैठकले गौतमलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । यद्यपि, नेपाल बीमा प्राधिकरणबाट स्वीकृति हनु बाँकी रहेको कम्पनी स्रोतले जनाएको छ ।

कम्पनीले गत कात्तिक ८ गते कम्पनीको सीइओ श्रवणकुमार रावलको हृदयघातका कारण निधन भएको थियो । त्यसपश्चात कम्पनीमा सीइओ पद रिक्त रहेको थियो । झन्डै डेढ महिनापछि कम्पनीले सीइओ पाएको हो । हाल कम्पनीका डोरिन्द्रराज दाहालले निमित्त सीइओको जिम्मेवारी सम्हाल्दै आएका छन् ।


को हुन् सीइओ गौतम ?

युनाईटेड अजोडमा सीइओ बनेका गौतम निकै लामो बीमा तथा बैंकिङ्ग अनुभव प्राप्त व्यक्ति हुन् । उनी गौतम नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरी हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनबि बैंक, सनराइज बैंकमा काम गरेको अनुभव छ । इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा समेत काम गरेका थिए ।

इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसिसि बैंकमा गाभिए प्रश्चात नायव महाप्रवन्धकबाट गौतमले अवकास लिएका थिए । करिब ३ दशकको बैंकिङ्ग अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् । यसअघि उनी एभरेष्ट इन्स्योरेन्सको समेत सीईओ बनेर काम गरेको अनुभव समेत छ ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिएपछि बनेको हिमालयन एभरेष्टको एभरेष्टको डेपुटी सीइओ समेत बनेका थिए । गत फागुन २ गते उनले पदबाट राजिनामा दिएका थिए ।

60
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका