जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रुडेन्शियल इन्स्योरेन्सको साधारणसभा आह्वान

प्रुडेन्शियल इन्स्योरेन्सको साधारणसभा आह्वान

प्रुडेन्शियल इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १६ गते बिरगंजको दियालो लर्ड्स प्लाजामा  सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ३.३२५  प्रतिशत बोनस शेयर र  ०.१७५ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

  सामान्य प्रस्तावहरु :

१) आ.व. २०७८ / ७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७८/७९ को नाफा नोक्सान तथा आय व्यय हिसाब र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ।

३) लेखा परीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखा परीक्षक श्री के. जे. एण्ड एशोसियट्स चाटर्ड एकाउन्टेन्टस् कानूनत पुनः नियुक्त हुन सक्नेछ ।

४) संचालक समितिबाट प्रस्तावित रु. २०,७५,७५३/४३ नगद लाभांश पारित गर्ने (बोनस शेयरको कर प्रयोजनार्थ) ।

५) संचालक समितिबाट समूह (क) र (ख) अन्तर्गत रिक्त दुई संचालक पदको बाँकी कार्यकालका लागि गरिएको नियुक्तीको अनुमोदन गर्ने ।

विशेष प्रस्ताव 

१) संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका शेयरधनीहरुलाई कम्पनीको हाल कायम रहेको रु. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ चुक्ता पूँजीको ३.३२५% बोनस शेयर (कर बाहेक) पारित गर्ने र सो अनुकुल कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी कायम गर्ने ।

२) कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी रु. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ बाट बृद्धि गरी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ रुपैयाँ कायम गर्ने सम्बन्धमा । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने,

३) विशेष प्रस्ताव नं. १ र २ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने संचालक समितिको प्रस्ताव पारित गर्ने ।

४) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझाव बमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्ताव पारित गर्ने ।

1315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका