जोडिनुहोस
बुधबार, पुस ३, २०८१
बुधबार, पुस ३, २०८१
  • होमपेज
  • ज्योति समूह पद्म ज्योति समूहमा रूपान्तरण

ज्योति समूह पद्म ज्योति समूहमा रूपान्तरण

ज्योति समूह पद्म ज्योति समूहमा रुपान्तरण भएको छ । आइतबार पद्म ज्योतिले ज्योति समूहलाई पद्म ज्योति समूहमा रूपान्तरण गरेका हुन् । एक सार्वजनिक कार्यक्रम गरी पद्म ज्योतिले विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात भएको बताएका छन् ।

“धेरै बाधा र चुनौतीहरू पार गरे तापनि, यस समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै, निरन्तर अघि बढिरहेको छ,”उनले भने “ज्योति समूहबाट पद्म ज्योति समूहमा परिवर्तनले प्रगति, अनुकूलनता र नयाँ अवसरहरूको खोजीमा हाम्रो समर्पण जनाउँदछ।”

आफूहरू अगाडि बढिरहँदा, विकास र सृजनशीलताको लागि नयाँ अवसरहरू खोज्दै हाम्रा ग्राहकहरूले अपेक्षा गरेको उच्च गुणस्तर कायम राख्न प्रतिबद्ध रहेको पनि उनले बताए । यस समूहमा पद्म ज्योतिसहित सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुह्रिद ज्योति र आरती ज्योति रहेका छन् ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका