जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एसियाली बैंकर्स एसोसिएसनको सम्मेलन काठमाडौंमा भोलिदेखि

एसियाली बैंकर्स एसोसिएसनको सम्मेलन काठमाडौंमा भोलिदेखि

एसियाली बैंकर्स एसोसिएसन(एबीए) को ३९ औं वार्षिक सम्मेलन बिहिबारदेखि काठमाडौंमा हुँदै छ। नेपाल बैंकर्स संघ(एनबीए)को पहलमा एबीएको सम्मेलन पहिलोपटक नेपालमा हुन लागेको हो।

बैंकिङ क्षेत्रमा देखिएको व्यापक उतारचढावकाबीच एसियाली बैंकर्स एसोसिएसनको सम्मेलन काठमाडौंमा गर्न लागिएको हो जहाँ एसियाका २५ भन्दा धेरै मुलुकका ६० बैंकका बैंकर सहभागी हुनेछन्।

सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गर्नेछन्।

सम्मेलनमा विभिन्न मुलुकका २० भन्दा बढी वक्ता छन्। एबीएका अध्यक्ष यूजीन एस एसेभेडो, एसियाली विकास बैंकका निर्देशक अब्दुल अबियाद, फाइनान्सियल होल्डिङ कम्पनीका पूर्वअध्यक्ष र सीईओ डेनियल वू, ह्याटन नेसनल बैंकका कार्यकारी निर्देशक तथा प्रमुख अपरेटिङ अफिसर दिलशान रोड्रिगोले वक्तव्य दिनेछन्।

सिंगापुरको यूरेसिफिक स्ट्राटेटिजका सीईओ राफेल गोउ, बैंक अफ भुटानका सीईओ दोर्जी काडिन, यूकेको एबे नेसनलका पूर्वसीईओ जोन बेरी र अर्स्टे ग्रुप बैंक एजीका कार्यकारी निर्देशक पॉल बोस्बाच र इन्टरनेसनल कम्प्लायन्स एसोसिएसन (आईसीए)का अध्यक्ष पेक्का डारे पनि वक्ता हुन्।

सम्मेलनमा बैंकिङ र वित्तीय क्षेत्रका समस्याबारे सम्मेलनमा छलफल हुनेछ।

हाल नेपालको अर्थतन्त्र सुस्ताएको अवस्था छ। बाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक अर्थतन्त्र निकै शिथिल छ। उपभोक्ताको मागमा ठूलो ह्रास आएर उद्योग व्यवसाय नै धरासायी बनेका छन्। जसको चपेटामा बैंक पनि पर्न थालेका छन्।

एकातिर ब्याज असुली सुस्त छ भने अर्कातिर कर्जाको माग वृद्धि हुन सकिरहेको छैन। जसका कारण यसपालि बैंकहरुको मुनाफा घट्न पुगेको छ। कतिपय बैंक घाटामा गएका छन्। खराब कर्जा २.९८ प्रतिशतबाट बढेर ३.६१ प्रतिशत पुगेको छ। यो पृष्ठभूमिमा सम्मेलनलाई चासोका साथ हेरिएको छ।

एनबीएले सममेलनलाई नेटवर्क बिस्तार गर्ने अवसरका रुपमा लिएको छ। ‘मुख्य कुरा हामीले उनीहरुको विशेषज्ञता र अनुभवबाट सिक्न पाउनेछौं। सम्बन्ध बिस्तार गर्ने मौका पनि उत्तिकै छ,’ नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘विदेशी बैंकले नेपालमा शाखा बिस्तार गर्ने प्रस्ताव पनि आउन सक्छ।’

1135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका