जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई लघुवित्तद्धारा ग्राहक सदस्यहरुलाई करिब ३२ लाख नगद सहयोग

ग्लोबल आइएमई लघुवित्तद्धारा ग्राहक सदस्यहरुलाई करिब ३२ लाख नगद सहयोग

ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्था लिमिटेडले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई  आर्थिक सहयोग गरेको छ । लघुवित्तले कुल रकम  ३१ लख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हो ।

जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरो बाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम २६ लाख ४४ हजार ४५० रुपैयाँ सहयोग वितरण भएको प्रमुख  कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए ।

संस्थाले विगतमा पनि यस किसिमका सामाजिक कामहरुमा निरन्तर सहयोग गर्दै आइरहेको थियोभने आगामि दिनमा समेत निरन्तरता दिइने बताएको छ ।

संस्थाले १०२ वटा शाखा कार्यालयहरु मार्फत १ लाख २५ हजार ३८४ सदस्यहरुलाई सेवा दिदै आईरहेको छ । यसै गरी ६५ हजार ४३९ जना ऋणी सदस्यहरुलाई करिब ६ अर्ब १५ कर्जा लगानी गरेको छ भने २ अर्ब ६ करोड बचत सकंलन गरेको छ ।

4130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका