

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २४ पुसमा दोस्रो वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको २७ मंसिरमा बसेको ४१८औं बैठकले काठमाडौं शंखमुलस्थित अनमोल क्याटरिङमा दोस्रो वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभामा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । साधारणसभा प्रयोजनका लागि १८ देखि २४ पुससम्म कम्पनीको सेयर दर्ता किताब बन्द रहने छ ।