जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकमा कपिल ढकाल बने कामु सीईओ

ज्योति विकास बैंकमा कपिल ढकाल बने कामु सीईओ

ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकाललाई दिइएको छ । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै कामु सीइओको जिम्मेवारी ढकाललाई दिएको हो । उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए ।

ढकाललाई मंसिर ४ गतेदेखि लागु हुने गरी कामु सीइओ नियुक्त गरेको हो । नुवाकोटमा स्थापना भएको तत्कालिन हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहिसकेका व्यक्ति हुन् ढकाल । हाम्रो विकास बैंक ज्योति विकास बैंकमै मर्जर भएर अहिलेको एकीकृत संस्था बनेको हो । यसले पनि उनलाई आफ्नै पुरानो घरमा फर्किएको अनुभूति दिएको छ ।

ढकालले यसअघि एनआईसी एसिया बैंकको माथिल्लो व्यवस्थापकीय भूमिकामा रहेर काम गरिसकेका छन् । केही वर्ष अघि एनआईसी एसियाले आक्रामक बैंकिङको रफ्तार पक्डिँदा त्यहाँको नीतिगत बदलावमा ढकालले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसले एनआईसीको आक्रामक शैली र त्यसका नाफाघाटाबारे उनलाई राम्रो जानकारी छ ।

पछिल्लो समय विकास बैंकहरुको भीड कम भए पनि कामना सेवा लगायत केही विकास बैंकहरु आक्रामक विस्तारमै जोड दिइरहेका छन् । यही क्रममा ज्योति विकास बैंकले ढकाललाई व्यवसाय विस्तारका निम्ति अघि सारेको हुनसक्ने बैंक सम्बद्ध स्रोतको भनाइ छ ।

ज्योति विकास बैंकका सञ्चालकहरु आक्रामक बैंकिङलाई प्रबद्र्धन गर्न लागिपरेको यो पहिलो घटना भने होइन । कुनै बेलाको सबैभन्दा आक्रामक बैंकिङ गर्ने भनेर चिनिएको नेपाल इन्भेष्टमेण्ट बैंकमा करियर विकास गरेका श्रीचन्द्र भट्टलाई यसअघि सीईओको रुपमा भित्र्याएको थियो । साउनसम्म कार्यकाल बाँकी भए पनि उनले ९ महिनाअघि नै राजिनामा दिएपछि ढकाल कामु सीईओमा स्तरोन्नती भएका हुन् ।

ढकाल सात महिना अघि ज्योति विकास बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ)को भूमिकामा प्रवेश गरेका थिए । अव उनलाई बैंकको पूर्ण सीईओको भूमिकामा पदोन्नती गर्ने संभावना निकै बढी रहेको बैंक सम्बद्ध स्रोतले जनाएको छ । ‘अहिले निवर्तमान सीईओको राजिनामा आउने वित्तिकै कामु नियुक्त भएको हो, छिट्टै सीईओ नियुक्त हुने संभावना छ’, बैंक सम्बद्ध एक अधिकारीले भने ।

715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका