जोडिनुहोस
बिहिबार, पुस ४, २०८१
बिहिबार, पुस ४, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको एपमार्फत् सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने

सिटिजन्स बैंकको एपमार्फत् सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने भएको छ । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले यस्तो सुविधा ल्याएको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलो पटक यस्तो सुविधा ल्याइएको हाे । एपमार्फत ग्राहकहरूले सिधै आईपीओ /एफपीओ/राइट सेयरका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ।

कारोबार सफलताको जानकारी ग्राहकवर्गले रियल टाइममा नै प्राप्त गर्नेछन् । आईपीओ/एफपीओ/राइट सेयर आवेदनको भेरिफिकेसन वा रिजेक्सनको रियल टाइम रेस्पोन्स र रियल टाइम सीआरएन नम्बर उपलब्ध भएपश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।

बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका