जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंक सामाजिक काममा संलग्नता बढाउँदै, मुसहर समुदायलाई डस्ना

महालक्ष्मी विकास बैंक सामाजिक काममा संलग्नता बढाउँदै, मुसहर समुदायलाई डस्ना

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसहर समुदायलाई सहयोग गरेको छ। बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका-२ का सीमान्तकृत मुसहर समुदायलाई डस्ना, ब्ल्याङ्केट र कपडा वितरण गर्न आर्थिक सहयोग गरेको हो।

यस्तै बाराको कलैयामा राजदेवी माता मन्दिरको प्राङ्गणमा गरिएको रक्तदान कार्यक्रममा फलफूल, जुस, साउण्ड सिष्टम, मिठाई लगायत सामग्री खरिद गर्न पनि बैंकले आर्थिक सहयोग गरेको छ।

बैंकले सरसफाइमा पनि सहभागिता जनाएको छ। राजापुर शाखाले श्रीमद् भागवत ज्ञान महायज्ञ संचालनका क्रममा अमर शहिद बहुमुखी क्याम्पस र क्याम्पस रोडमा जथाभावी फोहोर गरिएकाले फोहोरमैला व्यवस्थापन गर्न डस्टबिन वितरण गरेको बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

1865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका