जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सानिमा बैंकले कात्तिक १४ गते बोलायो साधारण सभा

सानिमा बैंकले कात्तिक १४ गते बोलायो साधारण सभा

सानिमा बैंकले कात्तिक १४ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको असोज २२ गतेको सञ्चालक समितिको बैठकले आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम रुप दिनेछ । यस वर्ष बैंकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बोनस शेयरपश्चात चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम नियमावली एवम् प्रबन्धपत्र संशोधनका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । साथै संस्थापक समूहबाट तीन जना सञ्चालक निर्वाचन समेत सभाले गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ४ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन् 

4680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?