जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंक सञ्चालक समिति सदस्यको सपथ लिए नयाँ अर्थसचिवले, बोर्डमा ज्वाइँ-ससुराको संयोग

राष्ट्र बैंक सञ्चालक समिति सदस्यको सपथ लिए नयाँ अर्थसचिवले, बोर्डमा ज्वाइँ-ससुराको संयोग

राष्ट्र बैंकको सञ्चालकका रुपमा अर्थसचिव मधुकुमार मरासिनीले सपथ लिएका छन्। उनले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसँग सपथ लिएका हुन्।

अर्थसचिव राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्य हुने व्यवस्था छ। यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि सञ्चालक पद स्वत: रिक्त भएको थियो।

सरकारले मरासिनीलाई अर्थसचिवमा सरुवा गरेपछि पदेन सदस्यका रूपमा बुधबार विहान सर्वोच्च अदालतमा सपथ भएको हो।

राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्षता गभर्नरले गर्छन् भने दुई जना डेपुटी गभर्नर पनि सञ्चालक समिति सदस्य हुन्छन्। अर्थसचिव पदेन सदस्य हुने व्यवस्था छ भने अन्य तीन जनालाई सरकारले विज्ञताका आधारमा नियुक्त गर्छ।

यसपालीको सञ्चालक समिति सदस्यमा ज्वाइँ-ससुरा सँगै परेका छन्। मरासिनी डा. श्रीराम पौडेलको छोरीज्वाइँ पर्छन्। पौडेलको राष्ट्र बैंक सञ्चालक समितिमा यो दोस्रो कार्यकाल हो।

2105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका