जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सेञ्चुरी कमर्सियल बैंक डुवाएका जीवन भट्टराई युनाईटेड इस्योरेन्सको सीइओ बन्दै ?

सेञ्चुरी कमर्सियल बैंक डुवाएका जीवन भट्टराई युनाईटेड इस्योरेन्सको सीइओ बन्दै ?

विगत लामो समय सेञ्चुरी कमर्सियल बैंकमा एक छत्र राज मच्चाएर अर्बै कुम्लाएका अर्बपति बैंकर जीवन भट्टराई यूनाईटेड इस्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको सीइओ बन्दै छन् भन्दा अचम्म लाग्ला तर, यो सत्य हो ।
सिजी ग्रुपमा विगत १ वर्षदेखि लेखापालको काम गर्दै आएका चार्टड एकाउन्टेण्ड जीवन भट्टराईलाई खर्बपति उद्योगपति विनोद चौधरीले नबिल बैंकको डिपुटी सीइओ बनाउन जोड गरेपछि राष्ट्र बैंकले सहमती नदिएपछि भट्टराईलाई यूनाईटेड इन्स्योरेन्सको सीइओ बनाउन लागि परेको उच्च स्रोतको दाबी छ ।

अर्बपति बैंकर जीवन भट्टराई सेञ्चुरी कमर्सियल बैंकमा का.मु. सीइओ पटक/पटक भए त्यस बेला उनीले जनताको पैसामा यति लुट मच्चाए की पत्याउदै गाह्रो छ । बैंकर भट्टराई बिरुद्ध अहिले सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छानविन गरिरहेको छ भने राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बैंकर भट्टराई बिरुद्ध दर्जनौ उजुरी समेत परेको भेटिएको छ ।

विगत ८/९ वर्ष सेञ्चुरी कमर्सियल बैंकमा उच्च पदमा रहि काम गरेका भट्टराईले गार्ड सप्लाई देखि अर्बै कर्जा प्रवाहमा घोटला गरि बैंक नै तहसनहस बनाए भन्दा पत्याउन गाह्रो होला तर, यो पनि सत्य हो । यति सम्मकी सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन डिपुटी सीइओ रहेका जीवन भट्टराईको तलब ६ लाख ५० हजार थियो भने भत्ता करिब ७ लाख थियो ।

उनीले मासिक १३ लाख बुझेका थिए । जब बैंकमा तुलसीराम गौतमलाई सीइओ बनाएर २ वर्ष अगाडी सेञ्चुरी कमर्सियल बैंकमा भित्र्याइयो । त्यसपछि भट्टराईका एक/एक काण्ड बैंक भित्र छताछुल्ल भए । सीइओ तुलसी राम गौतम मासिक ८ लाख ४० हजार तलबमा बैंकमा आए । तर, डिपुटी सीइओ जीवन भट्टराईले १३ लाख तलब र भत्ता बुझेपछि गौतम तर्सिए र आत्तिए र आफूलाई अन्याय भएको भन्दै बैंक गएको ३ महिनामा ४ लाख तलब बढाएर जीवनलाई राजीनामा दिन दबाब दिए ।

जीवन भट्टराईले राजीनामा नदिएपछि जीवनसंग भएका अधिकार सीइओ गौतमले लिए र जीवन भट्टराईका बदमासी राष्ट्र बैंक पठाउने चेतावती दिए । यसैबीच डिपुटी सीइओ भट्टराईले राजीनामा दिए र हिँडे ।

जब जीवनले राजीनामा दिए । त्यसपछि उनीको अकुत सम्पत्ती खोज्दै सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छानवीन शुरु गर्यो र राष्ट्र बैंकले टोली नै पठाएर सेञ्चुरी बैंकमा स्थलगत निरिक्षण गर्यो र जीवनलाई बैंकमा जागिर खान नपाउने शर्तमा माफी राष्ट्र बैंकले दिएको खुलेको छ ।

त्यसपछि जीवन भट्टराई अर्बपति बिनोद चौधरीले लगानी गरेको सिजी गु्रपमा गएर काम गरिरहेका छन् ।
केही महिन अगाडी उनीलाई यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समिति सदस्य राखिएको थियो । त अहिले हटाएर सीइओ नै बनाउने तयारी भएको देखिन्छ ।

केही दिन अगाडी यूनाईटेड इन्स्योरेन्स नेपाल लिमिटिेडको सञ्चालक समितिले जीवन भट्टराईलाई सीइओ बनाउने निर्णय नै गरि बीमा समितिमा पठाएको एक सञ्चालकले पंक्तिकारलाई बताए ।

जनताको डिपोजिट घुमाउरो पाराबाट कुम्ल्याएर अर्बपति बनेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका डिपुटी सीइओ भट्टराईलाई बीमा समितिले सीइओ बन्न अनुमति दिन्छ की दिदैन । त्यो हेर्न बाँकी छ ।
राष्ट्र बैंकले अयोग्य भनेका बैंकर भट्टराईलाई बीमा समितिले यूनाईटेड इन्योरेन्स कम्पनीको सीइओ बन्न अनुमति दिए अचम्म मान्नु पर्दैन ।

सेञ्चुरी बैंकमा ८/९ वर्ष एक छत्र राज मच्चाएर हेर्दा पनि घिन लाग्ने सयौ काम गरेका भट्टराईलाई अनुभवी र दक्ष बैंकर तुलसी राम गौतम बैंकमा सीइओ भएपछि राजीनामा दिन बाध्य गराएका थिए ।

भनिन्छ भट्टराईले गरेका रेमिटेन्स काण्ड, शाखा खोल्ने काण्ड, गार्ड सप्लाई काण्ड, कर्मचारी नियुक्ती, बढुवा काण्ड र आफै तलब भत्ता सीइओ भन्दा बढि बनाएको काण्डले सेञ्चुरी कमर्सियल बैंकले अझै विवाद झेल्नु परेको छ । सचेत भया ।

11680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका