सूर्यज्योति लाईफ इन्स्योरेन्सका ठूला संस्थापक सेयरधनीले आफ्नो स्वामित्व घटाउँदै गएका छन् । इन्स्योरेन्समा विभिन्न १४ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् । १४ मध्ये केही सेयरधनीले आफ्नो स्वामित्व घटाउँदै लगेको कम्पनीको वित्तीय अवस्थामा उल्लेख छ । एनआईसी एशिया बैंकले इन्स्योरेन्समा रहेको सेयर स्वामित्व घटाएको छ । अघिल्लो आवको असार मसान्तसम्म इन्स्योरेन्समा बैंकको सेयर स्वामित्व ३.०२ प्रतिशत अर्थात १३ लाख ७१ हजार १५३ कित्ता रहेको थियो । गत आवको असोर मसान्तसम्म आइपुग्दा ११ लाख १ हजार ४७६ कित्ता सेयर स्वामित्व रहेको छ ।
कम्पनीका अनुसार इन्स्योरेन्सका ठूला सेयरधनी नितेश अग्रवालको सेयर २५ लाख ३९ हजार ४६० कित्ता थियो । गत आवमा २८ लाख १० कित्ता सेयर छ । यस्तै कम्पनीको अघिल्लो आवमा उशा अग्रवालको २५ लाख ३९ हजार ४५९ कित्ता रहेको थियो । गत आवको सोही अवधिमा २५ लाख ७९ हजार ४८७ कित्ता रहेको छ ।
अप्रित अग्रवालको अघिल्लो आवमा २० लाख ६८ हजार ८७३ कित्ता रहेको थियो । अहिले बढेर २२ लाख ८१ हजार १३७ कित्ता रहेको छ । युनिटिच इन्भेष्टमेन्ट प्रालिको अघिल्लो आवमा १८ लाख ९५ हजार ९२८ कित्ता रहेकोमा गत आवको सोही अवधिमा १९ लाख ६ हजार ६९७ कित्ता रहेको छ । त्रिलोक चन्द अग्रवालको अघिल्लो आवमा १६ लाख ५९ हजार ७३४ कित्ता रहेकोमा गत आवको सोही अवधीमा १८ लाख ३० हजार २२ कित्ता रहेको छ ।
यस्तै निकुञ्ज अग्रवालको अघिल्लो आवमा १६ लाख ३२ हजार ६२२ कित्ता रहेकोमा गत आवको सोही अवधिमा १८ लाख १२७ कित्ता रहेको छ । श्री गणेश प्रोपर्टीज एण्ड इन्भेष्टमेन्ट कम्पनीको अघिल्लो आवको असार मसान्तमा १८ लाख २१ हजार १६१ कित्ता रहेको थियो । गत आवको सोही अवधिमा १७ लाख २९ हजार ४१५ कित्ता सेयर रहेको छ ।
यस्तै उशा इन्भेष्टमेन्टको इन्स्योरेन्समा अघिल्लो आवमा ११ लाख ५८ हजार ७६३ कित्ता रहेको थियो । गत आवको सोही अवधिमा १२ लाख ७७ हजार ६५३ कित्ता रहेको छ । इन्स्योरेन्समा अशोक कुमार अग्रवालको अघिल्लो आवको असार मसान्तमा ८ लाख ९३ हजार २७१ कित्ता सेयर रहेकोमा गत आवको सोही अवधिमा ९ लाख ८४ हजार ९१९ कित्ता सेयर रहेको छ ।
अघिल्लो आवमा ८ लाख ३२ हजार ४५७ कित्ता रहेको भी जे इन्भेष्टमेन्ट कम्पनीको गत आवको सोही अवधिमा ९ लाख १७ हजार ८६६ कित्ता रहेको छ । बोध प्रसाद त्रिपाठीको अघिल्लो आवको असोज मसान्तमा ६ लाख ८० हजार २३२ कित्ता रहेकोमा गत आवको सोही अवधिमा ६ लाख २४ हजार कित्ता रहेको छ ।
सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्डको अघिल्लो आवको असार मसान्तमा ५ लाख ४४ हजार १६९ कित्ता रहेको थियो । गत आवको सोही अवधिमा ६ लाख १ कित्ता र सिरिश कुमार मुरारकाको अघिल्लो आवको असार मसान्तमा ६ लाख ३४ हजार ८७३ कित्ता रहेकोमा गत आवको सोही अवधिमा ५ लाख ८१ हजार ६९७ कित्ता रहेको छ ।
कम्पनीले आव २०७९/०८० मा १०.२६ प्रतिशत बोनस र कर प्रयोजनसहित २४.७४ प्रतिशत नगद लाभांश दिएको थियो । यस्तै आव २०८०/०८१ म २० प्रतिशत नगद लाभांश दिएको छ ।