जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • ऋण तिर्न जाँदा सिद्धार्थ बैंकले आफ्नो जग्गा लिलामीमा चढाइसकेको थाहा पाएपछि…

ऋण तिर्न जाँदा सिद्धार्थ बैंकले आफ्नो जग्गा लिलामीमा चढाइसकेको थाहा पाएपछि…

जनकपुरमा एक ऋणी ऋण तिर्न जाँदा बैंकले आफ्नो जग्गा लिलामीमा चढाइसकेको थाहा पाएका छन् । जनकपुरधामको मिल्स एरियास्थिति सिद्धार्थ बैंकको शाखा कार्यालयबाट ऋण लिएका दिनेश राय कुर्मीले ३५ लाख रुपैयाँ ऋण लिएकामा बैंकले कर्जा नियमित नभएको भन्दै लिलामीको सूचना निकालेको हो । बिहीबार कर्जाको सावाँ ब्याज चुक्ता गर्न भनेर बैंकमा पुग्दा आफ्नो जग्गा विक्रीमा राखिएको थाहा पाए ।

कुर्मीले स्थानीय जनकपुर उद्योग वाणिज्य संघको सहयोगमा प्रदर्शन गरे । भीडले उग्ररुप लिएपछि प्रहरीले बैंकका शाखा प्रबन्धक अर्ण बलम्पाकी र ऋण अधिकृतलाई सुरक्षा दिनुपरेको थियो । कुर्मीले आफूले ऋणको ब्याज समयमै तिर्दै आएको बताएका छन् । उनले ऋण चुक्ता गर्ने भने पनि शाखाका दुई जना मिलेर जग्गा हडप्न खोजेको आरोप लगाएका छन् । पुरै ऋण तिर्न १ हप्ता समय मागेका शाखा प्रबन्धकले जग्गा अर्कैको नाममा पास गरिदिएको उनले बताएका छन् ।

यता भीडले उग्ररुप लिएपछि बैंकका दुई कर्मचारीलाई सुरक्षाका हिसाबले जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय धुनषाका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले ऋणको कारण बैंकमा विवाद भएको र दुईजनालाई सुरक्षा दिँदै प्रहरी कार्यालय ल्याइएको जानकारी दिए । उनले भने, ‘एक जना ऋणीले ऋण तिर्छु भन्दै बैंक जानु भएको रहेछ । तर, उहाँको जग्गा लिलामीको सूचना निकालिएको रहेछ । स्थिति तनावमा रहेको पाएपछि सुरक्षाको दृष्टिले उहाँहरुलाई ल्याएका हौं ।

1215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका