जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघसंस्थामा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघसंस्थामा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन्

बैंकका ग्राहकले वीरगन्जको आदर्शनगरस्थित औरा इलेभेनका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउनेछन्।

यसैगरी सप्तरीको कञ्चनरुपस्थित एमडी हेल्थ केयर हस्पिटलका सेवाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट पाउनेछन्। सप्तरीकै बोदेबर्साइनमा रहेको बोदेबर्साइन लाइफ केयर पोलिक्लिनिकका सेवाहरुमा अधिकतम १७ प्रतिशतसम्म छुट र नवलपुरको कावासोतीस्थित कालिगन्डकी नारायणी सामुदायिक हस्पिटलका सेवाहरुमा अधिकतम १५ प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

3055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?