होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, पुस १९, २०८१
शुक्रबार, पुस १९, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्ने जनाएकाे छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ५४ करोड ८८ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १८ करोड १९ लाख रुपैयाँ लगानी गर्ने भएकाे हाे ।

उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले रकम उल्लेख गरी पुस १८ गते ७ बजेभित्र ब्याजदर प्रस्तावन गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले २०२५ जनवरी १६ देखि २०२६ जनवरी १७ सम्म ३६७ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

निक्षेप चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्नेछ भने तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेको र कुल कर्जा लगानीको ५ प्रतिशतभन्दा कम खराब कर्जा रहेको हुनुपर्ने राष्ट्र बैंकको शर्त छ ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका