जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई कम्प्युटर र प्रिन्टर सहयोग

महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई कम्प्युटर र प्रिन्टर सहयोग

महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन र सामाजिक उत्तरदायित्वका अन्य कार्यमा सक्रिय सहभागिता जनाउँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसै सिलसिलामा बैंकले दमक शाखाबाट अटिजम सिकाई केन्द्रलाई सहयोग प्रदान गरेको छ।

दमक–०९, इटाभट्टा स्थित सरस्वती माध्यमिक विद्यालयले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरिएको हो। उक्त सामाग्री आज विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका प्रधानध्यापकलाई हस्तान्तरण गरिएको हो।

यस सहयोगबाट विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। महालक्ष्मी विकास बैंकले शैक्षिक र सामाजिक क्षेत्रका यस्ता पहलहरूबाट समग्र विकासमा योगदान पुर्याउने विश्वास लिएको छ।

साथै, बैंकले आफ्नो डिजिटल बैंकिङ्ग सेवालाई अझ बढी सुदृढ बनाउँदै नयाँ मोबाइल एप्लिकेसन “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ, जसले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउनेछ।

1745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका