जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने

महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने

महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ मा रहेको महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत गरिदिने भएको छ । यसका लागि बैंकले महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पनि गरेको छ ।

महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुंगाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्र आदानप्रदान गरे ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्‍याउने उद्देश्यले व्यवस्थापन पक्षसँग सम्झौता गरिएको बैंकले जनाएको छ ।

बैंकले २०७७ सालमा बगैंचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ ।

दर्शनार्थीहरुले मन्दिरलाई सहयोग गर्न चाहेको खण्डमा बैंकले क्यूआर कोडको व्यवस्था समेत गरेको छ ।

560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?