जोडिनुहोस
बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१

हालको खबर

  • होमपेज
  • हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
स्व.बीमित मिलन सापकोटाको गत असोज महिनामा जापानको नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि हकवाला धन बहादुर सापकोटालाई कम्पनीले २० लाख ८४ हजार रुपैयाँ बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

बीमित सापकोटाले हिमालयन लाइफमा १० लाख रुपैयाँको जीवन बीमा गराएका थिए । उनले कम्पनीको सिनियर एजेन्सी म्यानेजर नानी माया सापकोटा समक्ष बीमा पोलिसी खरिद गरेका थिए ।

बीमितको मृत्यु बीमा दाबीको रकम स्वयं एजेन्सी म्याजेनर सापकोटाले नै हस्तान्तरण गरेकी हुन् । मानिसको मृत्यु अनिश्चित भएकाले सबैले अनिवार्य जीवन बीमा गर्नुपर्ने अभिकर्ता सापकोटाले सुझाव दिइन् ।

उनी हिमालयन लाइफ इन्स्योरेन्सकी सक्रिय अभिकर्ता हुन् । बीमितमुखी भएकाले उनी हालसम्म ६ पटक एमडीआरटी पनि बनिसकेकी छिन् ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?