जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन

सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन

प्रभु बैंकमा गाभिएपछि सेञ्चुरी बैंकका ग्राहकहरुको खाता नम्बर पनि परिवर्तन भएको छ । साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता खोली कारोबार गरिरहेका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको बैंकले जनाएको छ ।

सेञ्चुरी बैंकलाई प्राप्ति गरी प्रभु बैंकको नामबाट एकीकृत कारोबार भएपछि कारोबार गरिरहेका ग्राहकको खाता नम्बर १२ अंक रहेकोमा परिवर्तन भई १६ अंकको कायम भएको बैंकले जनाएको छ । अर्थात् सेञ्चुरी बैंकमा खाता हुँदा १२ अंक थियो । अब प्रभु बैंकमा १६ अंक नम्बर भएको खाता हुनेछ ।

उक्त परिवर्तित खाता नम्बर मोबाइल तथा इन्टरनेट बैंकिङ्ग लगईन गरी वा प्रभु बैंकको शाखा कार्यालयमा सम्पर्क गरी एकीन गर्न बैंकले आग्रह गरेको छ । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी रहेको बैंकले जनाएको छ ।

प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि सुरू हुने भएको छ ।

905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका