जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • हिमालयन डिस्टिलरीको नाफा नौ महिनामा ५३.८८ प्रतिशतले बढ्यो, प्रशासनिक खर्चमा कटौती

हिमालयन डिस्टिलरीको नाफा नौ महिनामा ५३.८८ प्रतिशतले बढ्यो, प्रशासनिक खर्चमा कटौती

हिमालयन डिस्टिलरी लिमिटेडले चैतमा ५३.८८ प्रतिशतले खुद नाफा बढाएको छ। कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ९ प्रतिशतले बढे पनि खर्च घटाएका कारण नाफामा उच्च बढोत्तरी देखिएको हो।

कम्पनीले चालु आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ४३ करोड ७१ लाखबाट बढेर ६७ करोड २७ लाख पुगेको जनाएको छ।

यो नाफामा मुख्य योगदान उत्पादन बिक्रीबाट भएको आम्दानीबाहेक खर्च कटौती प्रमुख हो। कम्पनीले उत्पादन बिक्रीबाट ३ अर्ब ५७ करोडको आम्दानीलाई ३ अर्ब ८९ करोड पुर्‍याएको छ। यो भनेको ८.९९ प्रतिशतको वृद्धि हो।

यसबाहेक कम्पनी अन्य सञ्चालन आम्दानी साढे दुई गुणाले बढाएको छ भने प्रशासनिक खर्च उच्च दरले घटाएको छ।

कम्पनीले ४ करोड ४७ लाखको अन्य आम्दानीलाई बढाएर १५ करोड ८७ लाख पुर्‍याएको छ। प्रशासनिक खर्च २८.७७ प्रतिशतले घटाएको छ। अघिल्लो चैतमा १२ करोड २ लाख रहेको खर्चलाई यसपालीको चैतमा ८ करोड ५६ लाख रुपैयाँमा झारेको छ।

कम्पनीको प्रति सेयर आम्दानी १०३ रुपैयाँभन्दा बढी छ। मूल्य आम्दानी अनुपात ४२.८२ गुणा छ। प्रति सेयर नेटवर्थ १८८.५४ रुपैयाँ छ भने प्रति सेयर खुद सम्पत्तिको मूल्य १९२ रुपैयाँ छ।

गत वर्षको नाफाबाट सत् प्रतिशत लाभांश दिएको कम्पनीले यसमध्ये ५० प्रतिशत बोनस सेयर दिएर पुँजी बढाएको थियो। तेस्रो त्रैमासमा कम्पनीको सेयर मूल्य न्यूनतम ३८ सय ७९ रुपैयाँ पुग्यो भने अधिकतम ५ हजार एक सय रुपैयाँसम्म पुग्यो। अहिले मूल्य ४ हजार ५२१ रुपैयाँ छ।

5095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?