जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • २० मध्ये ११ बैंकहरुले मात्रै लाभाशं दिनेः राष्ट्र बैंक बेखबर !

२० मध्ये ११ बैंकहरुले मात्रै लाभाशं दिनेः राष्ट्र बैंक बेखबर !

नेपालका २० वाणिज्य बैंक मध्ये ११ बैंकले मात्रै लाभाशं दिने भएका छन् भन्दा अब फरक पर्दैन । अधिकाशं बैंकहरुको लाभाशं क्षमता विग्रिएको मात्रै छैन १÷२ प्रतिशत लाभाशं दिने अवस्था पनि छैन भन्दा फरक पर्दैन । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले औसतमा ४.७७ प्रतिशतका दरले लाभांश बाँडेका छन् । तीमध्ये ११ वटा बैंकले मात्रै सेयरधनीलाई लाभांश दिँदा बाँकी ९ वटा बैंकले सेयरधनीको हात खाली बनाए । ९ बैंकले सेयरधनीलाई लाभांश नदिँदा औसत लाभांश यति कम देखिएको हो । २० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लाभांश दिने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले २५.५० प्रतिशत लाभांश दिँदा सबैभन्दा कम लाभांश ४ प्रतिशत रहेको छ । ११ मध्ये १० प्रतिशतभन्दा बढी लाभांश दिने बैंकको संख्या ५ मात्रै छ । सबैभन्दा थोरै लाभांश सिद्धार्थ बैंकले ४ प्रतिशतमात्र दिएको देखिन्छ । भन्दा अब फरक पर्दैन ।

बैंकहरुको लाभांश विवरणअनुसार कृषि विकास बैंकले १०.५३ प्रतिशत, सिटिजन्स बैंकले ४.२१ प्रतिशत, एभरेस्ट बैंकले १५.५३ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत, नबिल बैंकले १० प्रतिशत, प्राइम बैंकले ५ प्रतिशत, सानिमा बैंकले ५.२६ प्रतिशत र नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश दिएको छ । लाभांश नदिने बैंकहरु हिमालयन, कुमारी, माछापुच्छ्रे, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया, एनएमबि, प्रभु र राष्ट्रिय वाणिज्य बैंक हुन् ।

२० बैंकमध्ये १९ वटा बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छन् । वाणिज्य बैंक भने सूचीकृत छैन । अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकहरुले गत आवमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका थिए । जसमध्ये वितरणयोग्य नाफा ७ अर्ब ६२ अर्ब रुपैयाँमात्र थियो । हालसम्म २० मध्ये १६ बैंकको अन्तिम लेखापरीक्षण भएको वित्तीय विवरण प्रकाशन भइसकेको छ । उनीहरुले अपरिस्कृत वित्तीय विवरणमा ५३ अर्ब ७ करोड रुपैयाँ नाफा देखिएकामा वार्षिक प्रतिवेदनअनुसार ४५ अर्ब रुपैयाँमात्र नाफा छ । सचेत भया ।

1725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?