जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • आइएमई पेमा उडान मेला, आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यासब्याक

आइएमई पेमा उडान मेला, आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यासब्याक

आइएमई पेले ‘उडान मेला’ नामक योजना सार्वजनिक गरेको छ। आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक प्रदान गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको आइएमई पेले जनाएको छ। माघ २ गते सुरु भएको यस अफरमार्फत आइएमई पेका सेवाग्राहीहरूले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

योजनामा नियमित ग्राहकहरूले ‘सेभ१००’ प्रोमोकोड राखेर १०० रुपैयाँ क्यासब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरूले ‘फर्स्टफ्लाई’ प्रोमोकोड राखेर ३०० रुपैयाँ क्यासब्याकको लाभ उठाउन सक्ने कम्पनीले जानकारी दिएको छ।

हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा ‘ह्याभ प्रोमोकोड?’ सोधिएको ठाउँमा यी प्रोमोकोडहरू राखेर क्यास ब्याक प्राप्त गर्न सकिनेछ।

‘आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै उडान मेलाले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

1620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका