जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३ सिरिजका ४ आइफोन

एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३ सिरिजका ४ आइफोन

बहुप्रतिक्षित समारोहका बीच एप्पलले आफ्नो नयाँ संस्करणका आइफोन लगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ ।

क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो ।

आइफोन १३ सिरिज

आइफोन प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गर्यो ।

यस सिरिज अन्तरगत आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ म्याक्स र सानो आकारको आइफोन १३ मिनी गरी चार वटा मोडेल छन् ।

आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन, त्यसैले यो आइफोन १२ जस्तै देखिनेछ । फोनमा १२ मेगापिक्सेलको क्यामरा तथा A15 बायोनिक चिपसेट रहेको छ । जुन सिक्स कोर चिपसेट हो ।

आइफोन १२ को तुलनामा आइफोन मिनीमा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप हुने एप्पलको दाबी छ ।

आइफोन १३ मिनीको सुरुवाती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ । आइफोन १३ मा ६.१ इन्चको डिस्प्ले हुनेछ भने मिनी मोडेलमा ५.४ इन्चको डिस्प्ले रहनेछ । आइफोन १३ तथा आइफोन १३ मिनीका अन्य फिचरमा

  • उच्च पानी प्रतिरोधी
  • फेस आइडी
  • सुपर रेटिना एक्सडिआर ओएलइडी डिस्प्ले
  • शक्तिशाली तथा उत्कृष्ट डुअल रियर क्यामरा । १३ मेगापिक्सेलको वाइड तथा १२ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर । क्यामरामा सिनेम्याटिक मोड पनि रहेको  ।
  • सबैभन्दा तीव्र गतिको सिक्स कोर सिपियु, ४ कोर जिपियू
  • पिंक, ब्लू, रेड, मिडनाइट, स्टारलाइट गरी ५ वटा रङमा उपलब्ध ।

आइफोन १३ सिरिजमा ६४ जिबीको स्टोरेज हुनेछैन । यसमा न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबीको विकल्प हुनेछ ।

एप्पलको आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा हुनेछन् । क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर हुनेछ । आइफोन १३ प्रोको डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६.१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रोको सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ ।

६.७ इन्च स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रो म्याक्समा १ टेराबाइट स्टोरेज अप्सन पनि उपलब्ध छ । आइफोन १३ प्रो म्याक्स लगायत सबै नयाँ आइफोनका क्यामरामा नाइट मोड हुनेछ जसले रातको समयमा उत्कृष्ट तस्वीर तथा भिडियो खिच्न सहयोग पुग्नेछ । आइफोन १३ को मूल्य १०९९ डलर तोकिएको छ । नयाँ आइफोनको प्रिअर्डर सेप्टेम्बर १७ दृेखि सुरु हुने बताइएको छ ।

आइफोन १३ सिरिजका सबै मोडेलमा फाइभ जी सपोर्ट रहेको छ ।

आइप्याड

एप्पलको आइप्याडको नयाँ संस्करण आइप्याड २०२१ मा A13 बायोनिक चिप राखिएको छ । त्यसैले यो आइप्याडलाई दैनिक प्रयोजनका साथै गेमिङका लागि समेत प्रयोग गर्न सकिने दाबी एप्पलको छ । यसमा रहेको १३ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामराले उत्कृष्ट तस्वीर तथा भिडियो खिच्न सकिनेछ ।

त्यस्तै एप्पलले सजिलैसँग गोजीमा राखेर हिँड्न सकिने आइप्याड मिनी पनि सार्वजनिक गरेको छ । त्यसको मूल्य ४९९ डलर छ । यसमा १२ मेगापिक्सेलको मूख्य क्यामरा छ जसले फोर के भिडियो रेकर्ड गर्न सक्दछ । त्यस्तै सेल्फी क्यामरा पनि १२ मेगापिक्सेलको छ । आइप्याड मिनी चार नयाँ रङमा उपलब्ध छ जसमा ८.३ इन्चको स्क्रिन छ । आइप्याण्डमा फाइभ जी सपोर्ट प्राप्त हुनेछ ।

एप्पल वाच ७ सिरिज

एप्पल वाच सिरिज ७ को मूल्य ३९९ डलर तोकिएको छ, जुन सर्वोत्कृष्ट डिस्प्लेयुक्त भएको दाबी एप्पलको छ । यसमा १८ घण्टाको ब्याट्री लाइफ रहनेछ भने ८० प्रतिशत चार्ज हुन ४० मिनेट मात्र लाग्नेछ ।

–एजेन्सीको.सहयोगमा

1880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका