जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • २ अर्ब ५० करोड भन्दा बढि प्रिमियम भएका बीमा लेखको जिम्मा अब कसले लिने ?

२ अर्ब ५० करोड भन्दा बढि प्रिमियम भएका बीमा लेखको जिम्मा अब कसले लिने ?

बीमा दुखको साथी हो । बीमा गर्नु जीवनको क्षती कम गर्नु हो । यसमा दुई मत पक्कै छैन होला । तर, जीवन बीमा गराउने र बीमा लेखलाई बीच बाटोमै छाडिदिने कुरा चाहि गलत हो । अहिले यस्तै भएको छ । बैंकाइन्स्योरेन्सहरुको बीमा लेख भन्दा फरक पर्दैन ।
०७४ देखि ०७६ जेष्ठ सम्म २७ वाणिज्य बैंकहरुले बैंक इन्स्योरेन्सको नाममा रातारात जीवन बीमा कम्पनीहरुसंग सम्झौता गर्दै बीमा लेख बैंकहरुले छुटै शाखा नै खडा गरेर गरेका थिए । नेपाल राष्ट्र बैंकले गत असार ०७६ मा बैंक इन्स्योरेन्स बैंकहरुले गर्न नपाउने मौद्रिक नीति मार्फत निर्देशन नै दियो । यसपछि बैंकहरुले बीमा लेख बिक्री गरेका छैनन् । तर, बिगत ३ वर्ष भित्र कर्जा माग गर्ने लाखौ लाख ग्राहकलाई २७ वाणिज्य बैंकहरले जबरजस्ती (बाध्य बनाएर) बीमा लेख बिक्री गरेका थिए ।

त्यसबखत बीमा समितिले बैंकहरुलाई संस्थागत अभिकर्ताको लाईसेन्सनै दिएको थियो । त्यही लाईसेन्सको आडमा कर्जा लिन आउने ग्राहकलाई र उनीका परिवार सबैको बीमा गरे । कर्जा छिटो दिने र ब्याज केही कम गरिदिने प्रलोभन देखाई गरिएका लाखौ लाख करिब २ अर्ब ५० करोड भन्दा बढि प्रिमियम भएका बीमा लेख अहिले अलपत्र गरेको भेटिएको छ ।

अहिले नेपालमा कोरोना भाइरसको महामारी छ ३५ जनाले ज्यान गुमाएका छन् । १५ हजार भन्दा बढि यस रोगबाट बिरामी छन् । लकडाउन केही खुकुलो भएपछि बैंकहरुले ग्राहकलाई असार मसान्त भित्र कर्जाका साँवा ब्याज तिर्न ताकेता गरिरहेको छ । केही ठूला र मध्यम वर्गका ग्राहकले किस्ता र ब्याज बुझाएका पनि छन् । तर, कर्जा दिदा जबरजस्ती बैंकका शाखा मेनेजरहरुले कमिशनको लोभ र सीइओ सावहरुको चर्को दबाबमा गरिएका लाखौ लाख बीमा लेख अलपत्र मात्रै छैनन् । किस्ता नबझाए पछि ल्याप्स (अन्त्य) हुने अवस्थामा पुगेको देखिन्छ ।

यस बेला बैंकका सीइओ र जिवन बीमा कम्पनीहरुका सीइओ बीच भएको सम्झौता अनुसार बीमा लेखको रकम बुझाउन बीमा कम्पनीहरुले बैंकहरुलाई पत्राचार भटाभट गरेको अवस्था छ । तर, बैंकहरुले बेवास्ता गरेको एक जीवन बीमा कम्पनीका सीइओले पंक्तिकारलाई नाम नलेख्ने शर्तमा बताए । उनीले भनेः– ०७४/०७५/०७६ जेष्ठ सम्म गरिएका बीमा लेखको पैसा आएन अब २ वर्ष पूरा भएकाले त सरेन्डर (क्यासील) गरि गर्दा चाहे केही रकम पाउने छन् । तर, १ वर्ष मात्रै किस्ता बुझाएका बिमितले १ रुपैया पनि नपाउने र बीमा लेख पनि खारेज हुने छ । यसको जिम्मा अब २७ वाणिज्य बैंकहरुले लिने कि नलिने गर्भनर साब ? यसको उत्तर कसले दिने हो ?

२७ वाणिज्य बैंकहरुले संस्थागत अभिकर्ता भएर बीमा गराउँदाको पहिलो वर्षको २५ प्रतिशत र दोस्रो वर्षको १५ प्रतिशत कमिशन फिर्ता गर्ने कि नगर्ने गर्भनर साब ? अहिले बैंकहरुले कर्जाका ग्राहकहरुलाई फोन गरि कर्जाको साँवा व्याजको किस्ता दिनु होला बीमाको चाहि चाहिदैन भन्ने गरेको एक ऋणिले पंक्तिकारसंग गुनासो गरे ।

यस्तो कोरोना महामारीमा कर्जाको साँवा ब्याज तिर्न धौ धौ परेका ऋणीहरुले बीमा लेखको पैसा र्तिन नसक्ने कुरा बीमा कम्पनीहरुलाई जानकारी समेत गराएको खुलेको छ । जीवन बीमा गराउने बैंकले यसको जिम्मा अब लिनै पर्दछ । नत्र यसको ठूलो मुल्य बैंकहरुले चुकाउनु पर्ने देखिन्छ ।

तीन वर्ष अगाडी बैंकहरुका सीइओ सावहरुले बैंकाइन्स्योरेन्स सम्झौता गर्दै सबै शाखा मेनेजरहरुलाई बीमाको टार्गेट नै दिएर बीमा लेख गर्न निर्देशन नै दिएका थिए । त्यही निर्देशन अनुसार कर्जा माग्न आउने ग्राहकलाई जबरजस्ती छिटो कर्जा दिने ब्याजमा केही प्रतिशत कम गरिदिने लोभ देखाउदै गरिएका लाखौ लाख बीमा लेख अब रद्दीको टोकरीमा जाने निश्चित छ । भनिन्छ बैंकले गराईएका केही १/२ सय बाहेक सबै बीमा लेख रिनो भएका छैनन् । छोरा जन्माउन लगाउने अनि मेरो होइन भन पाइन्छ गर्भनर साब? यस्तै बैंकहरुले गरेका बीमा लेखमा भएको छ । बैंकहरुले यो कस्तो बैंकाइन्स्योरेन्स हो गर्भरन साब ?

भनिन्छ नेपाल बैंकर्स संघले आउन लागेको मौद्रिक नीतिमा खारेज भएको बैंकाइन्स्योरेन्स फेरि वित्याउन राष्ट्र बैंकलाई सुझाव पठाएको भेटिएको छ । बीमा गर्न बैंकले पाउनु पर्दछ । यो व्यवस्था मौद्रिक नीतिमा होस् भनिएको छ । तर, तीन वर्ष देखि बैंकहरुले गरेका बीमा लेखको जिम्मा चाहि कसले लिने ? २७ वाणिज्य बैंकहरुले २०७४/०७५/०७६ जेष्ठ सम्म गरेका कर्जा र ठूला डिपोजिटका ग्राहकहरुको बीमा लेख कसले रिनो गर्ने यसको उत्तर सीइओ सावहरुसंग छ ?

त्यसकारण मौद्रिक नीति मार्फत बैंकाइन्स्योरेन्स मार्फत बैंकलाई जीवन बीमाको बीमा लेख बिक्री बाटो नखुलाइयोस बीमा बीमा कम्पनीले गर्ने हो । बैंकले बैकिङ्ग गर्ने हो गर्भनर साब ? आजलाई यति ।

12120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?