जोडिनुहोस
बिहिबार, फाल्गुन १, २०८१
बिहिबार, फाल्गुन १, २०८१

हालको खबर

  • होमपेज
  • अर्थमन्त्रीले बिर्से कोरोना बिमाको बाँकी रकम, भन्छन्ः सरकारले अब कसैलाई तिर्न बाँकी छैन

अर्थमन्त्रीले बिर्से कोरोना बिमाको बाँकी रकम, भन्छन्ः सरकारले अब कसैलाई तिर्न बाँकी छैन

अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीले भुक्तानी नपाएको समस्या अन्त्य भएको बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले आम र आधारभुतरुपमा भुक्तानीको काम सकिएको बताएका हुन् । आफूले मन्त्रालय सम्हालेयता विगतमा सिर्जना भएर नतिरेका दायित्व फरफारक गरिदिएको उनको भनाइ छ । ‘गत आवको दायित्व यसैवर्ष तिरिदिएका छौं जुन यस वर्षको पनि होइन,’ उनले भने, ‘समस्या समाधान गरिदिएका छौं । हामी आउँदा तिर्न बाँकी थियो । अहिले बाँकी छैन ।’

उनले भुक्तानी नपाएको भनेर कसैले आन्दोलन गर्छ भने आफूलाई विश्वास नभएको बताए । केही दिनअघि निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै आन्दोलन घोषणा गरेका थिए । तर, मन्त्री पौडेलले आन्दोलन नहुने दाबी गरेका हुन् । ‘भुक्तानीको समस्या सकिएको छ,’ उनले भने, ‘कोही व्यवसायीले आन्दोलन गर्ने, भुक्तानी पाएनौं भनको छ भने सत्य छैन ।’ उनले कसैले विधिसम्बत दाबी गरेको छ भने दिएको दाबी गरे ।

मन्त्री पौडेलले भुक्तानी सकेको दाबी गरिरहँदा कोरोना बिमामा सरकारले कबुल गरेको रकम तिरेको वा तिर्ने नतिर्ने विषय केही बोलेनन् । उनले भुक्तानीको दायित्व केही बाँकी नरहेको भन्दै निरन्तर अडान लिइरहे । भुक्तानीका बारेमा उनले ‘राज्यले म तिर्दिनँ वा ढिला तिर्छु’ भन्न नपाउने पनि बताए । सरकारले सम्झौता गरे अनुसार कोरोना बिमाको दाबी भुक्तानी दिएको छैन । सरकारले कोरोना बिमा गर्ने बिमा कम्पनीलाई करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कोरोना बिमा २०७७ साल माघबाट सुरु भएको थियो । सरकारले कोरोना बिमाका लागि २०७८ भदौमा मापदण्ड समेत बनाएको थियो । उक्त मापदण्डमा साढे ३ अर्बभन्दा बढी दाबी भुक्तानी भएमा बढी रकम सरकारले व्यहोर्ने भन्ने उल्लेख थियो । कोरोना बिमाको नीति र बढी रकम सरकारले भुक्तानी दिने गरी तत्कालीन अर्थमन्त्री युवराज खतिवडा र अर्थसचिब शिशिर ढुंगानाले सहमती दिएका थिए ।

155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका